प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
वासिङ्टन । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ।
अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ।
उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए। पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।
अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij