आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अहिलेका स्मार्टफोनमा अपडेट जारी हुन्छ, छिट्टै नयाँ सफ्टवेयर इकोसिस्टम बनाउँछौं: हुवावे

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६



  • अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने घोषणा गरेसँगै हुवावेले औपचारिक प्रतिक्रिया दिएको छ।

    विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेले उत्पादन भएर बजारमा गइसकेका र विश्वभर स्टकमा रहेका सबै स्मार्टफोनमा सेकुरिटी अपडेट निरन्तर हुने प्रष्ट पारेको छ।

    ‘अहिले अस्तित्वमा रहेका सबै हुवावे र अनर स्मार्टफेन तथा ट्यावलेटमा सेकुरिटि अपडेट हुने छ’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकी कम्पनीसँग कारोबार गर्न हुवावेले लाइसेन्स लिनु पर्ने सर्त राखेको छ।

    गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ।

    हुवावेले आगामी दिनमा उपभोक्ताका लागि प्रयोगमैत्री दिगो सफ्टवेयर इकोसिस्टम विकासमा लागिरहेको बताएको छ।

    ‘ सुरक्षित र दिगो सफ्टवेयर इकोसिस्टम हामी बनाउने छौ जसले उपभोक्तालाइ उत्कृष्ट अनुभव दिनेछन् र यो विश्वभरका उपभोक्ताका लागि हुने छ’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij