प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६
नयाँ दिल्ली । बलिउड अभिनेता विवेक ओबराय एक ट्वीटका कारण विवादमा तानिएका छ । कुनै बेलाकी उनकी गर्लफ्रेण्ड रहेकी चर्चा भएकी ऐश्वर्या राय बच्चनमाथि एक ट्वीटले उनलाई जेलसम्म पुर्याउने सम्भावना देखिएको छ ।
ओबरायले ट्वीटरमा सलमान, आफु र अभिषेक तथा आरध्यासँगको तीनवटा ऐश्वर्याका तस्वीर ट्वीटरमा पोस्ट गरेका थिए । त्यसपछि उनको व्यापक विरोध भएको छ । सोनम कपूरले सो ट्वीटलाई क्लासलेस भनेकी छन् भने खेलाडी ज्वाला गुट्टाले पनि आपत्ति प्रकट गरेकी छन् ।

यसैबीच राष्ट्रवादी काँग्रेसले ओबरायलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । उसले कसैको नीजि जीवनमाथि यसरी प्रहार हुनु भद्दा र आपत्तिजनक भएको बताएको छ । उसले महिला आयोग महाराष्ट्रलाई यो विषयमा गम्भीरता देखाउन भनेको छ ।
स्मरण रहोस प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मुख्य भूमिका निभएका ओबराय पछिल्लो समय विवादको केन्द्रमा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij