आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनको कोइला खानी दुर्घटना, ५ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६



  • चाङ्शा । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्। लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो।

    घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु-याइए पनि पाँच जनाको ज्यान गएको थियो। घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ।

    प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ। ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो। स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij