आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तरकारी बेच्न गएकी महिलाको लेक लागेर मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • लमजुङ — मनाङमा तरकारी बेच्न गएकी एक महिलाको लेक लागेर निधन भएको छ ।धादिङ घर भई लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ स्याँगेमा बस्दै आएकी अन्दाजी ४६ वर्षीया सुकमाया तामाङको निधन भएको प्रहरीले जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङमा तरकारी बेच्न पुगेकी तामाङ अचानक बेहोस् भएपछि स्थानीयले पिसाङ स्वास्थ्य चौकीमा लगेका थिए ।
    स्वास्थ्य चौकीबाट लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर रिफर गरिएको र उपचारको क्रममा निधन भएको मनाङका डीएसपी खड्कबहादुर खत्रीले बताए। उनका अनुसार तामाङ बुधबार दिउँसो पौने ३ बजेतिर बेहोस् भएकी थिइन्। अस्पतालमा राति साढे ८ बजेतिर उनको निधन भएको प्रहरीले बताएको छ।

    ३ हजार २ सय ६० मिटरमा रहेको उक्त ठाउँ उचाईमा रहेकाले लेक लागेर निधन भएको हुन सक्ने प्रहरीले बताएको छ। स्थानीयका अनुसार उनको मुखबाट रगत बगेर शरीर कालो भएको थियो। उनी यसअघि पनि तरकारी बेच्न गएकी थिइन्। लेक लागेर, रक्सी सेवन वा हृदयघातका कारण उनको निधन भएको हुन सक्ने स्थानीयले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij