मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

समुदाय–प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम सञ्चालन

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • चितवन । समुदाय–प्रहरी साझेदारी अन्तर्गत चितवनस्थित नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त तत्वावधान उक्त कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशिल र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको अभिष्ट रहेको उल्लेख गर्दै सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराध नियन्त्रण, सडक दुर्घटना न्युनिकरणका उपाय, मानव बेचबिखन लगायतबाट बच्न सचेत रहनुपर्ने बताइन्।

    समाजमा अत्यन्त विकराल रुपमा फैंलिदै गएको लागूपदार्थ दुर्व्यसनीबाट युवावर्ग प्रभावित भएको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष खनालले लागूपदार्थका कुलतमा फसेका राष्ट्रका कर्णधार युवावर्गलाई उपचार गराई समाजमा पुनः स्थापना गराउने उद्देश्यका साथ आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं स्थापना भई सेवा पुर्याउँदै आएको समेत जानकारी दिइन्।

    कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी प्रमुख मिना खरेलले समेत समुदाय–प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन्।

    प्रहरी उपरीक्षक दान बहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनी, लैङिगक हिंसा, घरेलु हिंसा, मानब वेचबिखन लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णीमा चन्दले प्रस्तुतीकरण गरकी थिइन्।

    सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।

    गत जेठ १३ गते झापाको धुलावारी, जेठ १४ गते इटहरीको दुर्गा पाट्री प्यालेस, १५ गते बर्दिबास सेवा समितिको हल र १६ गते बाराको सिमरा समेत संचालन भएको उक्त जनचेतनामुलक कार्यक्रम बुटवल हुँदै बाँकेको कोहलपुरसम्म जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij