प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६
काठमाडौं (एजेन्सी) । पाकिस्तानमा दुईजना उच्च सैन्य अधिकारीलाई मृत्युदण्ड दिइएको छ । राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर विषयमा विदेशी खुपिया एजेन्सीलाई सूचना दिएको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिएको पाकिस्तानी सेनाका प्रवक्ता जनरल गफूरले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार पाकिस्तानी सेनाको उच्च पदमा विभिन्न जिम्मेवारी सम्हालिसेका सेवानिवृत्त दुईजना सैन्य अधिकारीलाई मृत्यु दण्ड दिइएको हो । पाकिस्तानी सेनामा यस्तो मृत्युदण्ड नभए पनि सेनाले यसरी सार्वजनिक गरेको भने पहिलो घटना भएको बीबीसीले उल्लेख गरेको छ । रिटायर्ड लेफ्टिनेन्ट जनरल जावेद इकबाललाई १४ वर्षको सश्रम कारावासको सजाय दिइएको छ ।
अर्का सैन्य अधिकृत रिटायर्ड ब्रिगेडियर रजा रिजवानलाई मृत्युदण्ड दिइएको छ । उनी जर्मनीस्थित पाकिस्तानी दूतावासमा मिलिटरी अधिकारीका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनले संवेदनशील सूचना चुहावट गरेको आरोप छ । सो आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।
यस्तै डा वसीम अकरमलाई पनि मृत्युदण्ड दिइएको छ । उनी सिविलियन अफिसर थिए । सेनाकाअनुसार उनी एक संवेदनशील संस्थामा काम गरिरहेका थिए । उनमाथि अन्य देशका खुफिया एजेन्सीलाई संवेदनशील सूचना दिएको आरोप थियो ।
पाकिस्तानमा यसअघि २०१२ मा पनि यसप्रकारको सजाय दिइएको थियो । त्यतिबेला सेनाका केही उच्च अधिकारीलाई आतंकवादी संगठनसँग साँठगाठ गरेको आरोपमा यस्तो सजाय दिइएको थियो ।
पाकिस्तानी सेनाले पछिल्ला दिनमा दिइएका सजाय गोपनीताको कानुनअनुसार भएको बताएको छ । ती सजाय फरक फरक घटनामा भएको बताएको छ । यो कुनै सञ्जालको काम नभएको बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij