मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ । वनस्पतिहरु नासिँदैछन् । वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ । यसै क्रममा एउटा देशले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ ।

    फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।
    तिव्र वनविनासका कारण देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो ।
    यो कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको रहेको छ । विद्यार्थीहरुले स्नातक तहको पढाई पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन् । उनीहरुले परीक्षा पास गरेसँगै कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।
    यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ । फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको छ । यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij