प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६
काठमाडौं । अक्सर प्रेम गर्नेहरुले कसम खान्छन् सँगै बाँच्ने, सँगै मर्ने । प्रकारान्तरले सबैका कसमहरु सफल हुँदैनन् । सामान्यतया यसरी सँगै बाँच्ने–मर्ने कसम बेलैमा तोडिन्छन्, केही प्रकृतिले केही परिस्थितिले । विरलै मान्छेहरुले त्यस्तो अवसर पाउँछन् ।
अस्ट्रेलियाकी यी ५८ वर्षीया मिचेल बुर्कले आफ्ना पतिसँग सँगै विश्व दर्शन गर्ने कसम खाएकी थिइन् तर पति त्यो कसम पुरा नहुँदै वा सपना पुरा नहुँदै स्वर्गीय भए । तीन वर्षअघि सन् २०१६ मा मिचेलका पति पल बुर्कको क्यान्सरका कारण निधन भयो ।
पतिको निधनपछि विक्षिप्त बनेकी मिचेलले २५ वर्षअघि बिहेकै क्रममा गरेको विश्व घुम्ने बाचा बन्धन पुरा गर्न पतिको फोटोसहित घुमिरहेकी छन् ।
उनले आफूहरुको बिहेको दिनको तस्बिरबाट पलको तस्बिर वास्तविक आकारममै प्रिन्ट गरेर लिएर हिँडेकी छन् र सँगै राखेर तस्बिर पनि खिचेकी छन् ।
पलको सन् २०१६ मा ६१ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो । मिचेल पतिको तस्बिर बोकेर विभिन्न देशमा पुगिसकेकी छन् । उनको धोको छ, पतिसँग सँगै घुम्ने बाचा गरेका सबै स्थानमा पुग्न सकुँ ।
तस्बिरहरु



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij