मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आगलागीबाट २ करोड ३३ लाख बराबरको धनमाल जलेर नष्ट

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • काठमाडौं । पाँचथर, धनुषा, झापा र महोत्तरीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब २ करोड ३३ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

    पाँचथरको फालेलुङ गाउँपालिका ५ स्थित कालिका माविको भवनमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    त्यस्तै धनुषाको बिदेह नगरपालिका ५ मुडेवास्थित एनसेल टावरको जेनेरेटरमा तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर मेसिन पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    त्यस्तै झापाको भद्रपुर नगरपालिका ६ भानुचोकस्थित त्रिशक्ति राईस मिलमा बिजुलीको तार सर्ट भई शनिबार बिहान आगलागी हुँदा मिलमा रहेको चामल, धान, धान कुट्न बनाईएको घर र धान कुट्ने मेसिन पूर्णरुपमा जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    महोत्तरीको बोदेबरसाईन ३ गौरा टोल बस्ने जागेश्वर यादव समेत ५ जनाको घरमा बिजुलीको तार सट भई शनिबार बिहान आगलागी हुँदा करिब ५ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij