मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • आज मिति ०७६ साल जेठ १९ । तदनुसार सन् २०१९ जुन २ । शकसंवत् १९४१ । परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु । नेपाल संवत् ११३९ बछलागा । ज्येष्ठ कृष्णपक्ष, चतुर्दशी तिथि आईतबार ।

    मेष

    आर्थिक चलखेल बढि हुनसक्छ सचेत रहनुहोला । असहमतिका बीच काम गर्नु पर्नेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा पनि हेलचक्र्याई नगर्नु होला । घरका कुरा धेरै गर्नु पर्ला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

    वृष

    समस्या सँग लड्न सक्ने तागत मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

    मिथुन

    समयले साथ दिने छैन । गलत सवित गराउन खोज्दै छन् सर्तक रहनुहोला । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला ।

    कर्कट

    बातावरण अनुकुल नै बन्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योगछ । साझेदारी काममा हात नहाल्नु होला ।

    सिंह

    पूर्ण विश्वासमा काम गर्दा खासै फरक पर्ने छैन । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

    कन्या

    समयमा सामान्य सुधार आउनेछ । अरुका काममा व्यस्त हुदा आफ्ना काम ओझेलमा पर्ने छन् । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

    तुला

    दिन प्रतिकुल देखिन्छ । स्थिति भङ्ग हुनेछ भने बेस्थिति बढ्नेछ । उपलब्धिको यात्रामा तगारो लाग्नेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।

    वृश्चिक

    हात फुकाएर काम गर्नु होला,हात थाप्नु पर्ने छैन । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।

    धनु

    काम गर्दा असहज महशुस हुनेछ । आफ्नो लागि जिम्मेबार कोहि हुने छनै आफै बन्नु होला । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

    मकर

    अलमलमा नपर्नु होला । एकै चोटी चारैतिर हात नहाल्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

    कुम्भ

    पारिवारिक समस्या बढ्ने छन् । घमण्ड नगर्नु होला,चक्रव्यूमा पर्न सकिन्छ सतर्क रहनुहोला । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । परभावको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला । व्यापारमा मन्दि आउनेछ ।

    मिन

    काम गर्ने वातावरण बन्नेछ । समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । अरुको भरमा होईन आफ्नै बाहुबलबाट काम सम्पादन गर्नुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठा जोगिने काम हुनेछ । शैक्षिक मार्ग आँशिक सफल देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij