मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रात्रीकालीन यात्रुबाहक बस लुटपाट गर्ने ७ जनाको गिरोह पक्राउ

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • काठमाडौं– प्रहरीले यात्रुबाहक बसमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । जेठ १७ गते बिहान ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गको बाराको सिमरा उपमहानगरपालिका–१६ चौधकिलोस्थित जंगलमा काठमाडौंबाट महोत्तरी आउँदै गरेको बस लुटपाट भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सानुराम भट्टराईले काठमाडौंबाट महोत्तरी आउँदै गरेको ना७ख २७९० नम्बरको रात्रीकालिन यात्रुबाहक बस लुटपाट गर्ने ७ जनाको गिरोहलाई आइतबार पक्राउ गरिएको जानकारी दिए ।

    बा७च ४८७६ नम्बरको रातो स्कारपियो गाडी, ज१२प ४६८० र बा८६प ९७७१ नम्बरको पल्सर मोटरसाइकलमा आएका ७ जनाको समूहले उक्त यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका सहचालकलाई कुटपिट गरी नगद  करिब ५० हजार चोरेर भागेको एसपी भट्टराईले बताए ।

    पक्राउ पर्नेहरुमा सर्लाही हरीवन नपा(१० बस्ने स्कारपियो चालक बर्ष २७ को दिल कु। दोङ्ग, हरिवन नपा ८ बस्ने बर्ष २४ को बिजय लामा, सिन्धुली हरीहरपुर गापा (७ बस्ने बर्ष ३६ को टाईगर भन्ने सुनिल तामाङ्ग, रौतहट गुजरामाइ नपा – २ बस्ने बर्ष ३४ को ज्ञान ब. थिङ रहेका छन् ।

    यस्तै काभ्रे महाभारत गापा (२ बस्ने बर्ष ३० को बिशाल पाख्रिन,  महोत्तरी बागडा–५ घर भई हाल बर्दिबास नपा–११ बस्ने वर्ष २१ को सन्तोष भन्ने रमेश कुमार र सिन्धुली मरीन गापा (५ घर भै हाल बारा निजगढ नपा ( ८ बस्ने बर्ष २६ को संघर्ष थिङ रहेका छन् ।

    बसमा सवार यात्रुहरुले दिएको हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । पक्राउ परेका सातै जनालाई डाँका मुद्दामा जिल्ला अदालतले ५ दिनको म्याद थपेर हिरासतमा राख्न आदेश दिएको छ ।

    उनीहरुले ४५ हजार नेपाली रुपैयाँ, २ हजार भारतीय रुपैयाँ र एक थान सामसुङ मोबाइल लुटपाट गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij