प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६
काठमाडौं । ललितपुरको सानेपामा स्कर्पियोले मोटरसाइकललाई ठक्कटर दिँदा दुई जनाको मृत्यु भएको छ । कलंकी तर्फ गइरहेको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् । मृतकको परिचय खुल्न बाँकी छ । घटनाबारे थप विवरण आइसको छैन् ।
स्कर्पियो र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । सुरुमा दुई जीप ठोक्किएको र त्यसपछि अनियन्त्रित भएर अर्को जीप र मोटरसाइकल पनि ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij