मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गण्डकी प्रदेशका सभामुखमा शक्तिको दम्भ कि अज्ञानता ?

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • पोखरा । आइतबार गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६/०७७ बारे छलफल गर्ने सम्भावित कार्यसूची थियो । छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । निर्धारित समयभन्दा निकै ढिलो गरी सुरु भएको बैठक पूर्व निर्धारित कार्यसूचीमा नपुगेरै स्थगित भयो ।

    ढिला सुरु हुनु र स्थगित हुनुको कारक भने सभामुख नेत्रनाथ अधिकारी देखिए । तोकिएको समयभन्दा एक घण्टाभन्दा ढिला गरी बैठक सुरु गर्ने कुरामा पनि प्रमुख जिम्मेवार उनै थिए भने अकारण बैठक स्थगित गर्ने पनि उनै भए ।

    करिब एक घण्टापछि राष्ट्रिय गानसँगै प्रारम्भ भएको बैठकमा राष्ट्रिय गान बजिसकेपछि सांसदहरु आ–आफ्नो ठाउँमा बस्ने प्रचलन हुन्छ । तर प्रतिपक्षी दल कांग्रेसका सांसदहरु बसेनन्, उठीरहे । विपक्षी सांसद उठिरहे पछि सभामुखले उनीहरुले सुनाउन खोजेको विषय वा विरोधको विषय के हो भनेर एकजना सांसदलाई धारणा राख्न लगाउनुपर्छ । यो परम्परा मात्र नभई संसदीय व्यवस्थाको अहम विषय हो भने संसद नियमावलीमासमेत यो कुरा खुलाइएको हुन्छ । संसद भनेको विरोध र समर्थन गर्ने थलो पनि हो ।

    सभामुख अधिकारीले कांग्रेसका सांसदहरुलाई बस्न भने, बोल्न भनेनन्, माइक दिएनन् । तर आफ्नो विरोधबारे जानकारी गराउन र उचित रुलिङको प्रतिक्षा गरेका कांग्रेस सांसदहरु बसेनन्, बरु बोल्न पाउने आशामा उभिइरहे । दुई तीन पटक सभामुखले बस्न आग्रह गरे । विपक्षीले नमानेपछि बैठक नै स्थगित भएको घोषणा गरे ।

    उनको यस्तो क्रियाकलाप पछि आक्रोशित बनेका कांग्रेस सांसदहरुले सभामुखले शक्तिको दम्भ देखाएको र विपक्षीलाई बोल्न नदिएको आरोप लगाएका छन् । विपक्षीले उठाएको सरकारसँगको कुरा सभामुख मार्फत रुलिङ हुने सामान्य प्रक्रिया सभामुखले मिचेर सरकारको गोटी बनेको आरोप विपक्षीले लगाएका छन् । सभामुख स्वतन्त्र भई सबैलाई समान व्यवहार गर्नुपर्ने भए पनि शक्तिको दम्भ देखाएको उनीहरुको आरोप छ ।

    कांग्रेसले यसअघिका बैठकमा सरकारसँग विभिन्न विषयमा जवाफ मागेको तर जवाफ नआएपछि आज विरोध गरेको थियो । त्यो विरोधबारे ध्यानाकर्षण गराउँद बैठक स्थगित नै गर्नु अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ । कतिपयले भने सभामुखको अज्ञानताका कारण विपक्षी उठेर विरोध गर्दा बैठक स्थगित गरेको हुन सक्ने टिप्पणी पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij