मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिला यात्रुलाई सडकमै निर्घात कुट्ने ड्राइभरलाई मुद्दा, भिडियोमा हेर्नुहोस् यसरी कुटेका थिए

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • काठमाडौं। चर्को भाडा लएको विरोध गर्दा सडकमैमहिला यात्रुलाई निर्घात कुटपिट गर्ने चालकविरुद्ध मुद्दा दर्ता भएको छ । कञ्चनपुर प्रहरीले ती चालकविरुद्ध मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको हो । गोकुल बोहरा नामका ती चालकले एक महिला यात्रुलाई सडकमै निघाइत कुटपिट गरेको भिडियो भाइरल भएको थियो । हेर्नुहोस् भाइरल भिडियो –

    से १ ज १०९४ नम्बरको किया गाडीका चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछारपछार र कुटपिट गरेका थिए । महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको हो ।

    सँगै यात्रा गरिरहेका बैतडीको मेलौली नगरपालिका, सलेनाका दिपेन्द्र चन्दले उक्त कुटपिटको भिडियो खिचेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । उनै दिपेन्द्र चन्द र कुटपिट गरिएकी धनाडीको संयुक्त उजुरी अनुसार चालक बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो । उक्त मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij