मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सङ्खुवासभाको चैनपुरमा भेटियो ६०० वर्ष पुरानो इँटा

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरेका छन् ।

    ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुन् ।

    ‘चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ’, उनले भने, ‘छ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन् ।’

    उनका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको इतिहास रहेकाले यसको संरक्षण आवश्यक रहेको उनले बताए ।

    चैनपुर सङ्खुवासभाको पुरानो सदरमुकाम पनि हो । उक्त इँटाको लम्बाइ १४ इन्च, चौडाइ आठ इन्च र मोटाइ दुई इन्च छ । पुरातत्त्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी इँटाको रेलिङ राखेर सुरक्षा गर्नुपर्ने उनको भनाइ छ । यसबारे विभागमा लिखित जानकारी गराउने उनले जानकारी दिए ।

    यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो । यसले इतिहास थप भएको चैनपुरका प्रमुख भरतकुमार खत्रीले बताए ।

    ‘चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्’, उनले भने, ‘मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ ।

    स्थानीय सरकारले यस्ता पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षणको काम थाल्ने उनको भनाइ छ ।

    नवौँदेखि १४ औँ शताब्दीसम्म यस प्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ ।

    चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उनले सुनाए । पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन् ।

    चैनपुर बजारमै रहेको मेजरपाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुङ्गेलको भनाइ छ ।

    भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ । विक्रम संवत् १८४५ मा स्थानीयस्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुङ्गेलले बताए।

    उमका अनुसार १८३०÷३१ मा पृथ्वीनारायण शाहका पालामा वक्तावरसिंहका बुबा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ ।

    सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो तर पछि वक्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुशियालीमा मेजरपाटी बनाइएको ढुङ्गेलको भनाइ छ ।

    उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ । उक्त मूर्ति २५० वर्ष पुरानो रहेको उनले उल्लेख गरे। सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ । त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij