प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन्।
कमलादीमा भएको एक विशेष समारोहमा नेपाली क्रिकेट टिमका कप्तान खड्कालाई कलेजले आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो।
खड्कालाई ३ वर्षको लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको कलेज प्रशासनले जनाएको छ। खड्का सो कलेजमा अध्ययनरत छन्।
संझौता पत्रमा कलेजका अध्यक्ष युवराज शर्मा र खड्काले हस्ताक्षर गरेका छन्।
भक्तपुरको दुवाकोटमा बन्न लागेको क्रिकेट एकेडेमी पनि खड्काकै नेतृत्वमा बनाइने शर्माले बताए। साथै कलेजले खड्काको इएमबिए शिक्षामा छात्रबृतिको व्यवस्थासमेत गरिदिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij