मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दिवंगतहरूको स्तम्भले भरिँदै थुक्लापास

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • सोलुखुम्बु — सगरमाथामा ज्यान गुमाउने नेपाली र विदेशीको स्मृतिमा बनाइएका स्तम्भहरूले थुक्लापास भरिँदै गएको छ । बाबुछिरी शेर्पादेखि दर्जनौँ साहसिक आरोहीको मृत्युमा स्मृति स्तम्भ बनाइएका छन् । यस्ता स्तम्भ बनाउनेमा अधिकांश आरोहीका आफन्त र शुभचिन्तक छन् ।
    सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका आरोही तथा शेर्पाको सम्झनामा थुक्लापासमा निर्मित मृत्युका स्तम्भ ।तस्बिर : कुम्भराज/कान्तिपुर
    केहीले पक्की संरचनासहित स्तम्भ राखेका छन् । यसरी पक्की स्तम्भ राख्दा वैधानिकता र पर्यावरणीय दुवै हिसाबले राम्रो नहुने पर्यटन व्यवसायीको भनाइ छ । ‘स्मृतिमा स्तम्भ बनाउनुहुन्न भन्ने हैन ।’ खुम्बुका स्थानीय जाङबु शेर्पाले भने, ‘तर पक्की नभएर ढुंगाको मात्र बनाए पनि हुन्छ ।’

    कम्तीमा सयभन्दा बढी साना ठूला स्तम्भहरू थुक्लामा निर्माण गरिएका छन् । ‘गो टु स्लिप फरेभर इन द एभरेस्ट’ (सधैँका लागि तिम्रो बास सगरमाथामा होस्), उनको आत्मा सधैँ जीवित रहनेछ, तिम्रो आत्मालाई सधैँ शान्ति मिलोस्’ जस्ता वाक्य स्तम्भमा लेखिएका छन् । स्तम्भमा राखिएका तस्बिर र शब्दहरूले प्रायः जोकोहीलाई भावुक बनाउने गर्छ ।

    सगरमाथामा मृत्यु हुनेको संख्या बढ्नु राम्रो नभएको अधिकांश शेर्पा आरोहीको भनाइ छ । सगरमाथा आरोहणका लागि सरकारले नियम बनाएर व्यवस्थित गर्नुपर्ने उनीहरूको तर्क छ । ‘यसरी जो पनि सगरमाथा आरोहणका लागि पैसा खर्च गरेर आउने हो भने आगामी वर्षमा भीड झनै बढ्छ ।’

    नेपाल माउन्टेन एकेडेमीका क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा भन्छन्, ‘सरकारले व्यवस्थित गर्न नियम बनाउनैपर्छ ।’ यकिन तथ्यांक नभए पनि सगरमाथामा हालसम्म तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सयभन्दा बढीको शव अझै सगरमाथामै रहेको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij