प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी चौकीमा आक्रमण गरेको छ । ‘जनयुद्ध’ शैलीमा प्रहरी चौकी आक्रमण गरेको हो । स्थानीयले आक्रमण भएको भने पनि प्रहरी र प्रशासनले भने यस विषयमा केही बताएको छैन ।
आइतबार मध्यराती सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण गरेका थिए । यद्यपि चौकी आक्रमण असफल भएको बताइएको छ । प्रहरीले पूर्वसूचना पाएपछि हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको बताइएको छ । आक्रमणकारी लगभग ३० जनाको संख्यामा भएको बताइएको छ । घटनास्थल सदरमुकाम सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij