प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६
रसुवा । रसुवामा भएको जीप दुर्घटना परी ४ जना अवस्था चिन्ताजनक रहेको बताइएको छ।
सोमबार साँझ करिब ६ः२०मा रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा जीप दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वरी प्रसाद भण्डारीले बताए।
पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको जीप दुर्घटना भएको हो। डिसी नेपालसंग कुरा गर्दै प्रहरी निरीक्षक भण्डारीले भने, ‘जीपमा ११ जना यात्रु मध्ये गम्भिर घाइते भएका ४ जनालाई उपचारका लागि लुम्बिनी अस्पताल लिएको छ। अन्य घाइतेहरुको लागि २ वटा एम्बुलेन्स बाटोमा गइरहेको जानकारी प्राप्त भएको छ।’
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij