प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६
काठमाडौं । बझाङ्गमा पार्किङ्गका लागि राखेको बस दुर्घटना भएको छ।
सोमबार साँझ ५ बजे सदरमुकाम चैनपुर नजिकैको बसपार्कमा पार्किङ्ग गर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
पार्किङ्गका लागि सह–चालकले चलाउँदा महाकाली यातायातको ना ७ ख ६३७१ नं बस दुर्घटना भएको हो। रित्तो बस पार्किङ्गका लागि बसपार्कको छेउमा पार्किङ्ग गर्न खोज्दा करिब २० मिटर तल बाउलीगाडमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा केही क्षति नभएको बताएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij