मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रिमासँग रोमान्स गर्दै भुवन केसी, फिल्ममा दोहोरो भूमिका हुने

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • काठमाडौं। देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् ।

    नवलपरासीमा छायाँकन हुने फिल्ममा प्रेमराज दाहालको निर्माण रहने छ । अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडीको रुपमा देखिने फिल्ममा भुवनको दोहोरो भूमिका रहनेछ । फिल्ममा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने कार्यक्रममा जानकारी दिइयो ।

    फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

    हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य फिल्ममा रहनेछ । ‘आफु सधै फरक भूमिका रुचाउने बताउँदै अभिनेता भुवन केसीले खलपात्रको भूमिकाको लागि एक्साइटेट रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij