प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६
रुपन्देही । आफूले बोकेको सुन चाँदी तथा नगद रकमको स्रोत खुलाउन नसक्दा एक जना पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट स्याङ्जा आँधीखोला नगरपालिका ६ स्थायी वतन बताउने ४५ वर्षीय भिम बहादुर भाट क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सुन र चाँदीको ढिक्का, भारतीय रुपैयाँलगायतका समान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
शंकास्पद रुपमा हिँडिरहेका क्षेत्रीलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको करिब २१ तोला ६२ लाल बराबरको सुनको ढिक्का १ थान, करिब १ केजी ९४ ग्राम बराबरको चाँदीको ढिक्का १ थान, करिब ५ तोलाको चाँदीको सिक्का ३ थान र विभिन्न दरका भारतीय रुपैयाँ २ लाख ६१ हजार ७ सय, ४ थान मोबाइल र बिभिन्न कम्पनीका घडी ६ थान सहित फेला पारेको प्रहरीले जनाएको छ।
खुलाउन नसक्दा २१ तोला सुन-चाँदीका मालिक पक्राउ ” data-description=”रुपन्देही । आफूले बोकेको सुन चाँदी तथा नगद रकमको स्रोत खुलाउन नसक्दा एक जना पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका ९…”>
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij