प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६
एजेन्सी। भारतको हरियाणाकी एक महिलालाई सासुलाई दिनहुँ शारीरिक यातना दिएको आरोपमा पक्राउ गरिएको छ । हरियाणाको महेन्द्रगढ जिल्लाकी यी महिलाले सासुलाई कुटेको भिडियो भाइरल भएपछि उनलाई पक्राउ गरिएको हो । सामाजिक संजालमा यो भिडियो कसले खिचेको भन्ने विषयमा भने एक मत छैन । कसैले वृद्धाकी ८ वर्षकी नातिनीले भिडियो खिचेको भनेका छन् भने केहीले छिमेकीले खिचेको बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij