आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५० डिग्रीको तातो हावामा गुडिरहेको रेलमा गर्मीले ४ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको हो ।

    उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गम्भीर अवस्थामा रहेका १ जनालाई अस्पताल भर्ना गरिएको छ ।

    ६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए ।

    अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भएपछि चिकित्सक बोलाइएको थियो । चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो ।

    उक्त ठाँउको तापक्रम हिजो (सोमबार) ५० डिग्री सेल्सियस रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    भारतमा प्रचण्ड गर्मीका कारण राजधानी दिल्लीसहित अधिकांश क्षेत्रको जनजिवन कष्टकर बनेको छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।

    यस्तै राजस्थानमा पनि गर्मीको प्रभाव परेको छ । त्यँहाको तापक्रम ४८ डिग्रि सेल्सियस माथि छ । भारतमा अत्यधिक गर्मीका कारण धेरैको ज्यान जाने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij