आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गहुँ उत्पादन बढ्यो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • डडेल्धुरा । डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ ।

    समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

    गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताए । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ अनुदान दिएपछि गहुँ उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

    डडेल्धुरामा आठ हजार ७४० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । बढी पाखो जमीन रहेकाले गहुँ लगाउँदादेखि पाक्दासम्म समय समयमा वर्षा भएपछि गहुँको उत्पादनमा वृद्धि हुने गरेको छ ।

    गहुँ यहाँको प्रमुख बालीमध्येको भएकाले उत्पादनमा वृद्धि भएसँगै किसान पनि खुशी भएका छन् । उत्पादन वृद्धिले यस वर्ष तराईका जिल्लाबाट हुने गहुँको आयातमा पनि कमी आउने बताइएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij