प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६
पोखरा । पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
उत्तम चोक साईडमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याउँदै जाँदा प्रहरीलाई नै आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खुट्टामा प्रहरीको गोली लागेर घाईते भएका गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ। पक्राउ परेका थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij