सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६



  • Nepal Airlines de Havilland Canada DHC-6 Twin Otter 9N-ABO íà ôîíå Íèëãèðè

    बाग्लुङ। मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ। धावनमार्गमा कालोपत्र थप ९ओभरले० को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।

    धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ। तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो। २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो।

    विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह मिलाउने ९ग्रेड सुधार० को काम सकिएको छ। पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ। असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताए।

    धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उनको भनाइ छ। धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो। विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए।

    “धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उनले भने, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उहाँको भनाइ थियो।

    नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो। नौ करोडमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरु भएको थियो।

    चिसो र हिमपातका कारण ढिलो गरी काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ। जोमसोममा हावाहुरी चल्ने र मौसिम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ।

    पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्। मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महीना विमानस्थल बढी व्यस्त हुने गर्छ। पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ। जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij