प्रकाशित मिति : आइतवार, असार १, २०७६
काठमाडौं । नेपाल फरेष्ट टेक्नीसियनस् एसोसिएशन (नेफ्टा)ले शनिबार वन तथा वातावरण सचिव डा. विश्वनाथ ओली लगायत उच्च ओहोदामा पुग्ने ४जना महानुभावलाई विशेष सम्मान प्रदान गरेको छ ।
वन प्राविधिकहरुको चाहना , वन संरक्षणको योजना भन्ने मुख्य नाराका साथ संस्थाको आजिवन सदस्यहरुलाई नेफ्टाले आफ्नो नवौ दोस्रो पूर्ण बैठक बबरमहलमा सम्मान गरेको हो ।
अन्य सम्मानित हुनेहरुमा वन तथा वातावरण मन्त्रालयकै सह सचिव सिन्धु प्रसाद ढुंगाना र अर्का सहसचिव चक्रपाणी पाण्डे र बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद एकबाल मीयाँ, वन तथा वातवरण मंत्रालयका सह सचिव यज्ञनाथ दहाल छन् ।
नेफ्टाका केन्द्रीय अध्यक्ष गोविन्द पाण्डेले अहिले सातै प्रदेशमा प्रादेशिक कमिटि वनाउने काम अगाडि बढाएको वताए । उनले केन्द्रीय कमिटि पनि विस्तारको काम अगाडि बढाएको जानकारी दिए ।
उनले १ नम्बरमा कमलदेव चौधरी, २ मा शसिन्द्र यादव, ३ मा कृष्ण अधिकारी, ४ मा देवी पौडेल, ५ मा गोकुल चौधरी, ६मा टेक रावल र ७ मा पुर्णशंकर यादवलाई संयोजक तोकिएको नेफ्टाका केन्द्रीय अध्यक्ष पाण्डेले वताए । पछिल्लो समय नेफ्टाले संगठन तथा वन कर्मचारीको समस्याका विषयमा आवाज उठाउँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij