आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कतारमा पत्रकार महासङ्घद्वारा सुचनाप्रवाह

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • दोहा । नेपाल पत्रकार महासङ्घ कतार शाखाले शुक्रबार कतारमा रहेका पत्रकारहरूलाई लक्षित गर्दे ‘सुचनाप्रवाह,  व्यवस्थापन तालिम तथा सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ।

    संघका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व र नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम ए सम्पन्न भएको थियो  पहिलो चरणको सूचना प्रवाह, व्यवस्थापन तालिम तथा सचेतना कार्यक्रम’ कार्यक्रममा कतारमा रहेका सङ्घसंस्थाका, बुद्धिजीवी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रशिक्षक बिपुल पोख्रेलले आफू रहेको ठाउँ, देशको कानुनको बारेमा  राम्रोसँग जानकार रहेरमात्र सूचना(प्रवाह गर्नुपर्ने बताएका थिए । पोख्रेलले कुनै पनि समाचार गलत नहुने र गलत  कुरालाई समाचारको रूप दिन खोज्ने व्यक्ति पत्रकार पनि नहुने कुरा स्पष्ट पारे ।

    प्रशिक्षण कार्यक्रमसहित अन्तरक्रिया कार्यक्रम रहेको कारण पोख्रेलले विभिन्न  सहभागीहरूको प्रश्नको उत्तर दिएका थिए ।  गलत कुरालाई समाचारको रूप दिन खोजेर जनमानसमा भ्रम पैदा गर्ने व्यक्तिहरूलाई प्रेस काउन्सिलले निगरानीमा राख्ने र त्यस्ता व्यक्तिलाई कानुन अनुसार कारबाही गर्नेमा आफू ढुक्क रहेको पनि पोख्रेलले बताए ।

    कार्यक्रममा समाचार लेखनको बारेपनि छोटो समयमा धेरै कुराको जानकारी गराइएको थियो  कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण कार्यक्रमको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij