प्रकाशित मिति : सोमवार, असार २, २०७६
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
सोमबार जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
जीप भीरबाट खसेको हुँदा उद्धार कार्यमा असहज भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु तथा घाइते भएकाहरुको सनाखत हुन सकेको छैन। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ।
घटनास्थलमा प्रहरी, स्थानीयले उद्धार कार्य गरिरहेको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij