सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

४ जना मृत अवस्थामा फेला

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • काठमाडौं । छुट्टाछुट्टै ठाउँमा ४ जना मृत अवस्थामा फेला परेका छन्।

    काठमाडौं गोकर्णेश्वार नगरपालिका ५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्।

    त्यस्तै कास्कीको पोखरा महानगरपालिका १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

    भक्तपुरको मध्यपुर ठिमी नगरपलिका २ मगरगाउँ डेरा गरी बस्ने हुम्ला घर भएका करिब १९ वर्षीय बीर बहादुर बैजी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

    आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान १० बजेसम्म ढोका नखुलेको भन्ने खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो।

    बझाङ, खप्तड छान्ना गाउँपालिका ७ गडराय गाउँकाछान्नामा राम बहादुर खडका सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij