आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिनियाँ दूतावासमा बर्षिए अमेरिकी बम

  • प्रकाशित मिति : सोमवार, असार २, २०७६



  • बीबीसी । त्यो ७ मे, १९९९ को तारिख थियो । त्यो दिन आधा रातिको समय थियो होला । पेसाले इन्जिनियर भ्लाद बेलग्रेड आफ्नो फ्ल्याटर्फ तिब्ररुपमा खुट्टा बढाइरहेका थिए । सर्बियका नागरिक भ्लाद त्यो राती आफ्नो २० वर्षीय छोरालाई साथमा लिएर बाहिर निस्किएका थिए ।
    तर सोही समय यूगोस्लाभियाको राजधानीको हरेक कुनामा बमबाहरी शुरु भयो । शहरमा विजुली अवरुद्ध भयो र भ्लादका छोरा घर जान आत्तिएका थिए ।

    संसारको सबैभन्दा बलियो सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का सैनिकले मार्चको अन्तिम दिनहरुमा यूगोस्लाभियाको आकाशमा बमबारी जारी राखेका थिए । यस बमबारीको उद्देश्य कोसोभो प्रान्तमा अल्बानियाई मुलका मानिसहरुको विरुद्ध राष्ट्रपति स्लोबोलदान मिलोसेभिचका सैनिकको अत्याचार रोक्नु थियो ।

    मेको पहिलो हप्ता सकिनै लाग्दा अमेरिकी नेतृत्वमा भइरहेको आक्रमण अझ तिब्र भयो । भ्लादको परिवारले ती दिनहरुमा कैयौं रात आफ्नो परिवारका साथ आफ्नो अपार्टमेन्टमा बिताएको थियो ।

    हवाई आक्रमण हुने संकेतका रुपमा जब साइरन बज्थ्यो सबै कामना गर्थे आफ्नो घरमा बम नखसोस । बेलग्रेडमा चिनियाँ दूतावासको नजिकै बस्ने कैयौं मानिसहरु आफुलाई भाग्यमानी सम्झन्थे किनकी उनीहरु आफुलाई हवाई आक्रमणको क्षेत्रभन्दा टाढा सम्झिन्थे । निश्चित हो चिनियाँ दूतावास एक महत्वपूर्ण कूटनीतिक स्थान थियो ।

    तर, ७ मेको त्यो अँध्यारो रातमा जब भ्लाद आफ्नो छोराका लागि आफ्नो भवनमा आए त्यो बेला बेलग्रेडको आकाशमा अमेरिकी लडाकु विमान बी–२ स्टील्थ घुमिरहेको थियो ।

    यी विमानको लक्ष्य जुन स्थानमा तोकिएको थियो, त्यसको निश्चितता अमेरिकी गुप्तचर निकाय सीआईएले तय गरेको थियो । र यी स्थानमा बम आक्रमण गर्ने निर्णय निकै बिचार गरेर लिइएको थियो ।

    त्यसैबेला केही यस्तो भयो जसको अनुमान भ्लादलाई थिएन । लाग्यो कुनै ठूलो आवाज नजिकै आउँदै छ । त्यो अमेरिकी विमानबाट दागिएको एक मिसाइल थियो । भाग्नका लागि समय थिएन । ढोका धराशायी भयो । हरेकतर्फ सिसामात्र थिए ।

    भ्लाद भन्छन्, ‘पहिलो बम खस्दा यस्तो लाग्यो, जस्तो कसैले हामीलाई उठाएर जमीनमा फाल्यो, त्यसैले एक एक गरेर कैयौं विष्फोट भए, सबै ढोका, झ्याल टुटफुट भए ।’

    तर त्यहाँ रहेका मानिसहरु सकुशल थिए । तर, निकै डराएका थिए । सबै पाँच बमले बेलग्रडको चिनियाँ दूतावासलाई लक्ष्य बनाएका थिए । र त्यो लक्ष्य भ्लादको घरभन्दा १०० मीटरको दूरीमा थियो ।

    यूगोस्लाभियामा गरिएको बमबारीलाई सँयुक्त राष्ट्रसंघले अनुमति दिएको थिएन । र रुस र चीनले आक्रमणको कडा विरोध गरिरहेका थिए । यी सबै कारण र ठूलो संख्यामा सर्वसाधारण मारिएकाले नेटो र अमेरिकाको आलोचना भइरहेको थियो ।

    बाल्कन क्षेत्रमा मुटु कमाउने बेलग्रेडस्थित चिनियाँ दूतावासमा आक्रमण एक किसिमले चिनियाँ सम्प्रभुतामाथिको आक्रमण थियो ।

    एक परिचित चिनियाँ व्यापारी शेन हंगलाई बेलग्रेडस्थित चिनियाँ दूतावासमा आक्रमण हुने संकेत प्राप्त भएको थियो । तर, उनले यस्तो हल्लालाई विश्वास गरेका थिएनन् ।

    केही दिन पहिला शेनका बाबुले शंघाईबाट फोन गरेर आफ्नो नयाँ मर्सिडीज दूतावासको कम्पाउण्डमा राख्नुपर्ने मजाक गरेका थिए । शेन भन्छन्, ‘चिनियाँ दूतावासमा हुने भनिएको आक्रमणबारे बुझ्न मैले प्रहरीलाई फोन गरेँ, उसले यसको पुष्टि गर्दै आफै आएर हेर्न भन्यो । अनिमात्र मलाई यसको विश्वास लाग्यो ।’

    शेन जब घटनास्थल पुगे, त्यहाँ भागदौडको माहोल थियो । दूतावास जलिरहेको थियो । घाइते कर्मचारीहरु झ्यालबाट बाहिर आइरहेका थिए ।
    मिलोसोभिचका निकट नेताहरु पनि घटनास्थल पुगेका थिए । उनीहरुले त्यसलाई नेटोको नयाँ बर्बराताका रुपमा पत्रकारहरुलाई बताइरहेका थिए । यी ति राजनेता थिए, जसमाथि दुई हप्ता पहिला अन्तर्राष्ट्रिय ट्राइब्यूनलमा मानवता विरोधी अपराधको आरोप लगाइएको थियो ।

    अर्को दिन शेनलाई थाहा भयो उनका दुई नजिकका पत्रकार सार्थीहरु शू शिंगु र जू यिंगको मृत्यु भएको रहेछ । उनीहरुको हालै बिहे भएको थियो ।

    दूतावासको निवास क्षेत्रमा भएको आक्रमण परी उनीहरुको मृत्यु भएको थियो । उनीहरु कम्युनिष्ट पार्टीको पत्रिका गुआनमिंग डेलीका लागि काम गर्थे । यस आक्रमणका एक अर्का पत्रकारको पनि मृत्यु भएको थियो । उनको नाम शिन्ह्वा न्यूज एजेन्सीका ४८ वर्षीय शाओ युनहुआनका।
    शेनको बिचारमा चिनियाँ दूतावासमा भएको आक्रमण अमेरिकाका तर्फबट युद्धको कारबाही थियो । अर्को दिन बेलग्रेडको सडकमा विरोध प्रदर्शन भयो । शेन पनि विरोधमा सडकमा उत्रिए ।

    बम आक्रमणपछि विभिन्न हल्लाहरु फैलिए । यसलाई एक षडयन्त्रका रुपमा प्रचार गरियो । यूरोपका दुई ठूला पत्रिकाले पनि यसलाई षडयन्त्रका रुपमा गरिएको आक्रमण भने ।

    तर, नेटोका पुराना अधिकारी यसलाई त्यस्तो मान्दैनन् । उनीको तर्क के छ भने बीस वर्षसम्म पनि यस्तो षडयन्त्रको कुनै प्रमाण फेला परेको छैन । जसमा चिनियाँ दूतावासलाई जानाजान निशाना बनाइएको होस । तर, चिनियाँ अधिकारी यसमा विश्वास गर्दैनन् र अमेरिकाले यसलाई सँधै खण्डन गर्दै आएको छ ।

    चिनियाँ दूतावासमा बमबारी भएको केही घण्टामै अमेरिका र नेटोले यसलाई एक दुर्घटना भनेका थिए । सँयुक्त राष्ट्रसंघमा चीनले यसलाई युद्ध अपराध र बर्बर कारबाही भनेको थियो ।

    ब्रसेल्सस्थित नेटोका बेलायती प्रवक्ता जेमी शेयाले पनि आधा रातमा उठेर विज्ञप्ति जारी गरेकी थिइन् । उनले बिहान सबै प्रश्नको जवाफ दिने बताएकी थिइन् ।

    बम आक्रमणको केही घण्टामा प्राप्त समाचारहरु निकै कच्चा थिए । ७ मेमा बेलग्रेडमा जे भयो त्यसको आधिकारिक जवाफ दिने नेटो प्रवक्त जेमी शेया नै थिइन् । उनले घटनाबारे माफी मागेकी थिइन् । उनले भनेकि थिइन्, ‘लडाकु विमानले गलत भवन लक्ष्य बनाए ।’

    बीस वर्षपछि जेमी शेया भन्छिन्, ‘यो एक कार वा रेल दुर्घटना जस्तै थियो । तपाई लाई पनि थाहा छ नि क भयो भन्ने । तर तपाईँलाई थाहा छैन किन भयो । तर, यसलाई सावित गर्न निकै समय लाग्छ । तर शुरुबाटै स्पष्ट थियोकी कुनै दूतावासलाई लक्ष्य बनाउने नेटोको कुनै योजना थिएन ।’

    अमेरिकाले चीनलाई यो विषयमा जवाफ दिन एक महिना लागेको थियो । चीनको दूतावासमा जुन बम खसालिएको थियो, ती बम जीपीएसबाट तय गरिएको थियो । (बीबीसीबाट अनुवाद)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij