सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यस्तो छ देशको विकास : कालोपत्रे एकसातामै यसरी उप्कियो

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • काठमाडौ । डिभिजन सडक रौतहटले ठेक्का लगाएको कालोपत्रे (पिच) गरेको एक साता नबित्दै उप्किएको छ । ठेकेदारले डेढ करोडमा टेन्डर सकार गरी ढिला काम थालेको कालोपत्रे मानिस र गाडी गुड्न नपाउँदै भटाभट उप्किदै गएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

    रौतहटको चन्द्रपुर ९ स्थित चेतनगरमा कालोपत्रे गरेको एक साता पनि नबित्दै उप्किएको देखाउँदै स्थानीय ।

    चालु आर्थिक वर्ष सकिन लाग्दा ठेकेदारले हतारमा गुणस्तरहीन काम गरेको योसडकको कालोपत्रेले प्रष्ट पारेको छ । चन्द्रपुर नगरपालिका–९ चेतनगर स्थित सिन्धुरेघारीदेखि चेतनगर सम्मको करिब २ किलोमिटर सडकमा कालोपत्रे गरेको एक सातामै उप्किएको हो । कालोपत्रे निर्माण हुँदै गर्दा स्थानीयले रोक्ने प्रयास गरेका थिए । ठेकेदारले धम्की र निर्माणको काम नरोक्ने बताएपछि स्थानीय पछि हटेका थिए । पछिल्लो पटक निर्माणको काम अझै बाँकी हुँदै गर्दा गुणस्तरहीन भन्दै स्थानीयले रोकेका छन् ।

    सडकमार्फत् बन्दना भगवतीरकामख्या जेभी बत्तिसपुतली काठमाडौंले उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको हो । यो समनपुर हुँदै गौरसम्म पुग्ने सहायक मार्ग हो । सन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्न ठेकेदारले १ करोड ६० लाखमा जिम्मा लिएको हो ।

    यसको ठेक्का दुई वर्ष अघि लागे पनि ठेकेदारले चालु आर्थिक वर्षबाट काम थालेको हो । कम्पनीले कालोपत्रेको काम सुरु गरेको एक साता पनि नबित्दै उप्किन थालेपछि स्थानीय आक्रोशित छन् । ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेकाले बन्दै गरेको सडक भत्कन थालेको स्थानीय गोकुल तिमल्सिनाले बताए । ‘काम गुणस्तर भएन भन्दा ठेकेदारले उल्टै धम्क्याउँछ,’ उनले भने, ‘कालोपत्रे गर्न नपाउँदै उप्किन थालेको छ । यो कति दिन टिकाउ हुन्छ ।’ ठेकेदार रामनारायणले कालोपत्रे गर्ना साथ गाडी हाक्न नहुने र एक महिनासम्म सडकमा छाता ओढाएर राख्नु पर्ने भनेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

    स्थानीयले गुणस्तरहीन पिच भत्काएर पुन निर्माण गर्नुको विकल्प नरहेको बताएका छन् । सरकारले दिगो विकासको लक्ष्य लिएको बेला निर्माण कम्पनीले गुणसतरहीन काम गरी बजेटको दुरुपयोग गरेको उनीहरूको आरोप छ । कालोपत्रे भइरहेका बेला सडकका कुनै पनि प्र्रविधिकहरू नबसेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

    गुणस्तरहीन काम गर्ने यस्ता निर्माण कम्पनीलाई समेत कारवाही हुनु पर्ने स्थानीय दीपक तिमल्सिनाले बताए । निर्माण स्थलमा सडक निर्माणको जानकारी दिने कुनै किसिमको होडिङ्बोर्ड समेत राखिएको छैन । कालोपत्रे कसले र कतिको लागतमा गरेको भन्ने स्थानीय अनभिज्ञ छन् । डिभिजन सडकका ईन्जिनियर मदनमोहन सिंहले कुन कालोपत्रेलाई गुणस्तर र कुनलाई गुणस्तरहीन भन्नेमा आफू अन्योलमा परेको बताए ।

    ‘ठेकेदारले काम राम्रो गरेन भन्ने गुनासो आएको छ,’ उनले भने, ‘यस बिषयमा हामी साइडमा हेर्छौ ।’ कालोपत्रे सकिए पछि गाडी चलाउँदा कुनै असर नपर्ने इन्जिनियर सिंहले बताए । ‘नयाँ कालोपत्रेमा जति गाडी चल्यो त्यति राम्रो र बलियो हुन्छ, ‘उनी भन्छन्, ‘ठेकेदारले गाडी चलाउनु हुँदैन भनेको गलत हो ।’ ठेकेदारले एक महिनासम्म गाडी नचलाउनु उर्दी गरेका थिए ।

    स्थानीय ठेकेदारका अनुसार कुनै पनि सडक कालोपत्रे गर्नु अगाडि ग्रेडिङ गरेर लेबल मिलाउनु पर्छ । र त्यसमा मिक्स ग्रेभल राख्नु पर्छ । त्यस पछि क्रसरको गिटी राखेर माथिबाट लोडर चलाउनु पर्छ । यसले सडकको बेस बलियो बनाउँछ । त्यसमा मट्टितेलयुक्त अलकत्रा घोलेर प्राइम हाल्नु पर्छ । त्यसपछि मात्र कालोपत्रे गर्न लायक हुन्छ ।

    ठेकेदारले यो सडकमा कुनै पनि मापदण्ड पूरा नगरेको यही क्षेत्रका सांसद देवप्रसाद तिमल्सिनाले बताए । ‘मैले सडकको अवस्था हेरें । कालोपत्रे गरेको पनि देखे,’ उनले भने, ‘यस्तो पनि कालोपत्रे हुन्छ रु बनाउन नपाउँदै उप्किन थालिसक्यो ।’ उनको घर अगाडिको कालोपत्रे समेत उप्किएको छ । सांसद तिमिल्सिनाले सडक र ठेकेदारको लापरबाहीले कालापत्रेको काम गुणस्तरहीन भएकाले छानबिनको काम गरे । डिभिजन सडकको लापरबाही बारे सदनमा समेत कुरा उठाउने उनले सुनाए ।

    यो सडकमा सुरुदेखि नै ठेकेदारको लापरबाही देखिएको छ । उसले क्रसरको गिटी समेत हालेको पाइँदैन । डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख इन्जिनियर दरोगा साहले एक दुई स्थानमा त्रुटि भएकाले सच्चाउन निर्देशन दिएको बताए । चालु आर्थिक वर्ष सकिन लाग्दा ठेकेदारले हतारमा काम गरेको देखिएको छ । निमार्ण कम्पनीका प्रतिनिधि रामनारायणले स्थानीयले कामलाई गुणस्तरहीन भनेर आरोप मात्र लगाएको बताए । उनलेगुणस्तर काम भएको दाबी गरे । यो खबर कान्तिपुर दैनिकबाट लिएका हौँ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij