सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपालमै नेटवर्किङ वेश्यावृत्ति : स्कुल ड्रेसमै बालिका सहित ८ जना पक्राउपछि खुल्यो यस्तो तथ्य

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • इटहरी । नेपालमापनि अनौठो तरिकाले बेश्यावृत्ति हुने गरेको खुल्न आएको छ । पूर्वी नेपालको इटहरीबाट नेटवर्किङ वेश्यावृत्ति भईरहेको खुलासा भएको हो । इटहरीको पश्चिम लाईनमा अहिले पनि खुलेआम यौनधन्दा चलिरहेको भन्दै गाउँलेहरु नै विरोधमा उत्रिएपछि प्रहरीले मिसन चलाइरहेको छ । प्रहरीको मिसनले लामो समय देखि यौनधन्दामा संलग्न हुदै आएको इटहरीको पारिजात होटलमा स्कुलकै ड्रेसमा विद्यार्थी सहित जोडीलाई गाउलेहरुले पक्राउ गरेका हुन ।

    इटहरी र मोरङका केहि क्षेत्रमा यौनधन्दा गराउँदै आएकी ज्ञानु राई पछिल्लो केहि समय यता पुःन यौनधन्दाको सेटिङ गदै आएको खुलासा भएको छ । परिजात होटलकी ज्ञानु राईले अहिले पनि काठमाण्डौ लगायतको क्षेत्रबाट युवतीहरु ल्याउँने र यौनधन्दा गराउँने गरेकी छिन ।

    आईतबार सानो बालिका स्कुलकै ड्रेसमा पारिजात होटलमा छिरे पछि गाउँलेहरुले प्रहरी बोलाएर पक्राउ गरेका थिए । पश्चित लाईनमा यौनधन्दा बढेको भन्दै स्थानीले विरोध गरेका हुन । केहि होटलका सञ्चालीकाहरुले काठमाण्डौ, हेटौडा, बुटवल, पोखरादेखिका केटीहरु झिकाएर यौन धन्दा चलाउने गरेको प्रहरी स्रोत्रले बताएको छ ।

    उनीहरुको नेटवर्किङ देशभरी नै रहेको बुझिएको छ । एउटा ठाउँका स्थानीय त्यहीका लागि चिनिने भएकाले त्यो ठाँउमा सम्पर्कमा आएका युवती अर्को ठाउँमा पठाउने र त्यो ठाउँका लागि अर्को ठाउँबाट युवती झिकाएर बेश्याबृत्ति गराइरहेको खुल्न आएको हो ।

    इलाका प्रहरी पकलीका इन्स्पेक्टर जितेश दाहालका अनुसार स्कुल ब्याग किताव सहित होटलमा १८ बर्षिय बालिका भेटिएको बताए । पारिजात होटलमा स्कुल जान्छु भनेर बालिका आएको रहेछिन युवक सहित हामीले पक्राउ गरेका हौ इन्स्पेक्टर दाहालले भने । उनले आईतबार मात्र होटलहरुबाट ४ जोडीलाई पक्राउ गरिएको जनाए ।

    मनव वेचविखान मुद्धामा लामो समय जेल बसेर आएकी होटल प्याराडाईसकी सञ्चालीका शोभा दाहालले पनि पुन यौनधन्दा सुरु गरेको पाईएको छ । उनको होटलबाट पनि प्रहरीले १ जोडीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    स्थानीयबासीहरुले यौनधन्दा गराउँनेहरुले गाउ ठाउँकै बदनाम गरेको भन्दै आपत्ती जनाएका छन । सोही ठाउँमा आईतबारनै पेन्स होटलमा खुलेआम यौनधन्दा गराईरहेको देखे पछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउँनु भन्दै होटलमा पुगेका हिरा गिरीलाई मरासन्य हुने गरि कुटपिट गरेको थिए । गिरीको हाल विराटनगरमा उपचार भईरहेको छ ।

    पेन्स होटलका सञ्चालक तथा बाउण्सरहरुको कुटाईबाट गिरी सँगै कृष्ण पौडेल र सुर्यकिरण खत्री लगायत घाईते भएका छन । उनीहरु सँगै अन्य गाउँलेहरु विरोध गर्न होटल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij