सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

१० मृतक र ५ घाइते भीरबाट टिपेर हेलिकप्टरमा ल्याईयो, २ गाउँ शोकमा

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • बझाङ । बझाङमा जीप दुर्घटना परी मृत्यु हुनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

    दुर्घटनामा परी ५ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताए । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि 9 N AKD कल साईनको सीम्रीक एयर हेलिकोप्टर मार्फत नेपालगंज पठाइएको उनले बताए । घाइते अन्य २ जनाको जिल्ला अस्पताल सिमखेतका उपचार भैरहेको छ ।

    दुर्घटनामा परी एकै गाउँका ७ जनाको मृत्यु भएको छ भने एकै परिवारका ३ जनाको मृत्यु भएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले बताए । मष्टा गाँउपालिका वडा नम्बर १ कोटदेबलका ४० बर्षीय कलक खड्का, उनकी श्रीमती ४८ बर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्का रहेका छन् ।

    यस्तै सोही गाँउका १९ बर्षीय हिक्मत खड्का, ५२ बर्षीया धौली देवि खड्काको समेत ज्यान गएको छ । यस्तै कोटदेबलकै १५ बर्षीया जुना खड्का, ८ बर्षीया विपना खड्काको समेत ज्यान गएको छ ।

    दुर्घटनामा परी मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका ३० बर्षीय भक्त द्धाल र ३५ लक्ष्मी द्धालको समेत मृत्यु भएको वडा प्रहरी कार्यालयका सहि माहानन्द जोशीले बताए । उनका अनुसार चालक मष्टा गाँउपालिका वडा नम्बर १ जिनाडाका २२ बर्षका सुरेन्द्र थापाको समेत मृत्यु भएको छ ।

    यस्तै घाईते हुने ३ जनालाई हेलिकोप्टर मार्फत नेपालगंज तर्फ लगिएको छ । तिनै जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दिप ओखेडाले बताए । उनका अनुसार मष्टा गाउँपालिका वडा नम्बर १ का १२ बर्षीय गणेश खड्का, २३ बर्षीय गोकुल शाहि र ३३ बर्षीया जनक द्धाल गम्भिर घाइते रहेको र उनीहरुको टाउकोमा चोट लागेको डाक्टर ओखेडाको भनाई छ ।

    यस्तै वडा नम्बर एक कै ३५ बर्षीया अनिता द्धाल, १५ बर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको उनीहरुलाई समेत नेपालगंज रिफर गरिएको डाक्टर ओखेडाले बताए ।

    मृतक सबैको सब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मष्टा गाँउपालिका वडा नम्बर १ शोकमा डुबेको छ । एकै वडाका १० जनाको मृत्यु भएपछि गाँउ नै शोकमा डुबेको हो । आईईए र ईआइए नगरी जथाभावी सडक कटानका कारण पछिल्लो समयमा सवारी दुर्घटना हुने दर बझाङ जिल्लामा बृद्धी भएको पाईएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीका अनुसार दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो फोर ह्वल फेल भएको कारणले जीप दुर्घटना भएको बताए । जीप सडकबाट झण्डै ४र५ सय मिटर तल खसेको उनको भनाई छ ।

    सेती नदीमा पक्की पुल नभएका कारण काठे पुलको सहायताले केहि महिना अघि मात्रै सेती नदी पारी उक्त जीप लगायत ३-४ जीप मष्टा गाँउपालिकामा संचालनका लागी राखीएको थियो । उकालो सडक क्षमता भन्दा दोब्बर यात्रु हालेकै कारण जीप दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

     

    दैव

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij