सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विवाहित महिलाले सिन्दुर किन लगाउने ? यस्तो छ वैज्ञानिक कारण

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • एजेन्सी । पछिल्लो समय परिवर्तित फेशन र व्यस्त समयका कारण विवाहित महिलाले सिन्दुर लगाउन मन गर्दैनन्। तर तपाईलाई थाहा छ, सिउँदोमा सिन्दुर लगाउँदा फेशन हैन, यसले जीवनम निकै महत्व राख्ने गर्दछ। महिलाले सिउँदोमा लगाएको सिन्दुरले तपाईको भाग्य बनाउने पनि गर्दछ भने बिगार्ने पनि गर्दछ। आज हामी तपाईलाई सिन्दुर लगाउँदा ध्यान दिनु पर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ।

    सिउँदोको यो भागमा नलगाउनुहोस् सिन्दुर
    शास्त्रका अनुसार जुन स्त्रीले सिउँदोको बीच भागमा सिन्दुर लगाउनुको साटो किनारामा सिन्दुर लगाउने गर्दछ, उनीहरुको पतिसँग सधै मनमुटाव हुने गर्दछ।

    कपालले लुकाएर सिन्दुर लगाउनु
    धर्मका अनुसार जुन स्त्रीले आफ्नो कपालमा लुकाएर सिन्दुर लगाउने गर्दछ, उनको पतिको मान सम्मान मानिससँग लुक्ने गर्दछ। कडा मेहनत गर्दा पनि उनीहरुको पतिलाई मान सम्मान प्राप्त हुँदैन्। त्यसैले सिन्दर लामो र सबैले देख्नेगरी लगाउनु पर्दछ।

    सिन्दुर घोप्टीनु
    सिन्दुर लगाउने समय विवाहित महिलाको हातबाट सिन्दुरको डिब्बा जमिनमा खस्छ भने त्यसलाई अशुभ मानिने गरिन्छ। यसो हुँदा उनीहरुको पतिलाई कुनै नोक्सान पुग्ने गर्दछ।

    सिन्दुरलाई महिलाको सोह्र श्रृगारको महत्वपूर्ण स्थान मानिने गरिन्छ। सिन्दुर लगाउँदा महिला स्वास्थ मात्र हैन सुन्दर पनि देखिने गर्दछन्। सिन्दुर जीवनको कति महत्वपूर्ण छ भने यो बाट थाहा हुने गर्दछ की सिन्दुर बिना कुनै व्यक्तिको विवाह पुरा हुँदैन्।

    चाडै चाउरीने समस्या हुँदैन्
    सिन्दुरमा पारा जस्तो धातु अधिक हुने हुँदा अनुहार चाडै चाउरी पर्ने समस्या हुँदैन्। साथै यसले स्त्रीको शरीरमा निस्किने विद्युतीय उत्तेजनालाई नियन्त्रणमा राख्ने सहयोग गर्दछ।

    मनमा शान्ति हुने गर्दछ
    वैज्ञानिक दृष्टीका अनुसार स्त्रीले सिन्दुर लगाउँदा मनमा शान्ति हुने गर्दछ। सिन्दुरले रक्त संचारका साथसाथ यौन क्षमतालाई पनि बढाउने गर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij