प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६
काठमाडौं । एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई नियन्त्रणमा लिएको छ ।
अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षकी बिमला तामाङले सोमबार राति अस्पतालभित्रै पासो लगाएर आत्महत्या गरेकी थिइन् । उनको खल्तीमा भेटिएको सुसाइड नोटको आधारमा सञ्जेललाई पत्नि सहित प्रहरीले नियन्त्रणमा लिएको हो । आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको जनाएको छ।
क्लिनरको रुपमा काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
सञ्जेललाई प्रकाउ गरेपछि आफन्तले शव बुझ्ने भएका छन् । शव झुण्ड्एिको अवस्थामा भेटिएकी ति युवतीको हत्या भएको हुनसक्ने आशंका आफन्तले गरेका छन् ।
मंगलबार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो । उनको मृत्युमा आशंका व्यक्त गर्दै आफन्तले अस्पतालमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्याश प्रहार गर्नुका साथै लाठि चार्ज समेत गरेको थियो ।
मृतक तामाङका ५ वर्षीय छोराको शिक्षाका लागि सम्पूर्ण व्यवस्था अस्ताले गर्ने सहमति भएको समेत छ । मृत महिलाको खल्तीमा भेटिएको अंग्रेजीमा लेखिएको सुसाइड नोटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij