प्रकाशित मिति : बिहिबार, असार ५, २०७६
काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकाका ४ का अवडाध्यक्ष गौतमप्रसाद भट्टको आज बिहानै मृत्यु भएको छ। पुर्चौडी नगरपालिकाका प्रवक्ता समेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा२ब २५२ नंको मोटरसाइकल दुर्घटनामा परको थिए। दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो। कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार हुँदाहुँदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो।
यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले आज शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताए। मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बैतडी जिल्ला कमिटी सदस्यसमेत थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij