प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६
काठमाडौं । यो वर्ष मनसुन ढिलो गरे बिहीबार नेपाल प्रवेश गरेपछि त्यसका प्रभावहरु देखिन थालेका छन् । दशैभर कालो बादल आकाशमा देखिन थालेको छ । केही दिनदेखिको उखरमाउलो गर्मीमा अब चिसो हावा चल्न थालेको छ ।
मनसुन प्रवेशपछिको पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिनको मौसम पूर्वानुमान सार्वजिक गरेको छ ।
बिहीबार साँझ ६ बजे महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार बिहीबार राती देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ । यस्तै पुर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।
यस्तै शुक्रबार दिउँसो देशको पुर्वी भू–भागमा सामान्यतया बदली रहने, मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। यस्तै शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशको पुर्वी तथा मध्य भू–भागमा समान्यतया बदली रहने, पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij