सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आयुष्मानलाई प्रियंकाको धोका

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • काठमाडौँ — रियल लाइफमा आयुष्मानको इंगेजमेन्ट औंठी लाइसकेकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका दिएकी छन् । गायक मोहन राईको बुधबार रिलिज गीत ‘मायाको खेल, आँसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड देखाइएको छ ।

     

    दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।
    https://www.youtube.com/watch?v=9HF_mc3WTpY&t=50s
    बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मानले एकतर्फी माया गर्छ । पेसाले चित्रकार यिनले प्रियंकाको पेपर र पेन्सिल माध्यमबाट मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्यांगनासम्ममा प्रियंकाकै अनुहार देख्न थाल्छ । जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन् ।

    यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन् । थुप्रै छोटो फिल्म निर्देशक गरिसकेका र थुप्रै फिल्ममा मुख्य सहायक निर्देशनको भूमिका गरिसकेका महर्जनले म्युजिक भिडियोलाई कथानक रूपमा ढालेका छन् । पात्रहरूको बीचको तनाव सिर्जनागर्न उनी सफल छन् । म्युजिक भिडियो हेरिरहँदा पनि लघु फिल्मको झल्को मिल्छ ।

    गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले बताए । राईको एल्बम ‘मायाको खेल’ मा भने आठवटा गीत समेटिएका छन् ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरि’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् । संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij