सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महिला हत्याका घटना किन बढे ?

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • हत्या जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चार माध्यममा दैनिक महिलाहरूको बलात्कार, हत्या र हिंसाका समाचारले प्राथमिकता पाइरहेका छन् । निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् ।  त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको  छ । देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको  छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । हत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । सञ्चार माध्यममा दैनिक महिला हत्या र हिंसाका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । अघिलो महिना पाँचथरमा भएको हत्या काण्डले सबैलाई भावविह्वल बनाएको थियो । उक्त घटना पत्याउनै नसकिने थियो । हत्याकाण्डले ९ जनाको बीभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको छैन । अनुहार नै नचिन्ने गरी हानिएको सो घटना निकै दर्दनाक थियो । त्यसको केही दिन बित्न नपाउँदै पन्ध्र वर्षकी शीतल योङहाङको घाँटी रेटेर हत्या भयो । यसअघि ललितपुरमा भएको हत्याकान्ड पनि त्यस्तै बीभत्स थियो । सिन्धुपाल्चोक घर भई भक्तपुरको काँडाघारी बस्दै आएका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र अपहरणकारी भनिएका व्यक्तिलाई प्रहरीले गरेको इन्काउन्टर पनि शङ्काको घेरामा पर्यो । प्रहरीले यसलाई आत्मरक्षाका लागि गोली चलाउनुपरेको भनी बचाउ गर्र्यो । घटनाको वास्तविकता रहस्यमय नै रह्यो । सांसदहरूले समेत संसद्मा बालक बचाउन नसक्नुमा प्रहरी सङ्गठनको समेत कमजोरी देखिएको भन्दै आलोचना गरे ।    सोच्न पनि नसकिने गरी हत्या हुने गरेको पाइएको छ । केही दिनअघि मात्र ललितपुरमा आफ्नै जेठाजुले बुहारीको बीभत्स हत्या गरेको घटना, प्रेमीले प्रेमिकाको हत्या गरेर खोलामा फ्याँकेको घटना, जुन धेरै हिंस्रक पनि थियो । यसअघि पनि भएको रिना हत्या काण्ड होस् या रमिला हत्या काण्ड या बालिका निर्मला पन्त हत्याकाण्ड १ सबै हत्याकाण्ड निकै गम्भीर प्रकृतिका रहेका छन् । एसिड आक्रमण जस्ता घटनाले समाजमा अपराधिक अराजकता फैलिँदै गएको पुष्टि हुन्छ । मानिसमा मानवता हराउँदै गएको छ ।

    सुन्दै पत्याउन नसकिने अति नै डरलाग्दा घटना पटक–पटक हुने गरेका सुनिन्छन् । आज फेरि पाँचथरको हिलिहाङ गाउँपालिकामा माइक्रोफाइनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको सञ्चार माध्यममा समाचारहरूले प्राथमिकता पाइरहेका छन्  । मङ्गलबार हिलिहाङ–६ चित्ते भन्ने ठाउँमा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ । इलामको माइजोगमाई गाउँपालिका घर भई फिल्ड कर्मचारीका रूपमा कार्यरत युवतीको हत्या भएको हो । जताततै भइरहेका यस्ता घटनाले देशमा जनसाधारणले शान्ति र सुरक्षाको अनुभूति गर्न पाइरहेका छैनन् । हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौँ घटना छन्, जसको विश्लेषणबाट हामीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने अनुमान गर्न सक्छौँ । हामीले हाम्रा अग्रजहरूबाट के सिकेका थियौँ र भावी पुस्तालाई के सिकाइरहेका छौँ ? यो गम्भीर प्रश्न हो ।

    पछिल्लो पटक समाज भएका यस्ता जघन्य कुकृत्यका शृङ्खलाबद्ध घटनाबाट मानवतामा एक प्रकारको डर त्रास देखिएको छ ।  समाज लज्जित भएको छ ।  समाजमा पटक पटक यस्ता घटना दोहोरिएका छन् ।

    पटक पटक यस्तो घटना भएको र अपराधीहरूलाई उचित कारबाही नगरेकाले  सबैलाई स्तब्ध बनाएको छ । यस्ता आपराधिक घटना धेरै ठाउँमा भएका छन् । कतै यस्ता घटनालाई दबाएर राख्ने गरेको पनि सुनिन्छ । यस्तो घटना पहिलो पटक भएको होइन र यो पाँचथरमा मात्र भएको पनि होइन् । यस्तो घटना जहाँ पनि हुन सक्दछ र जसलाई पनि हुन सक्छ । यो जघन्य, बर्बर, निर्मम अपराध हो । मानवतालाई नै लज्जित पार्ने किसिमको अपराध भएकाले यसमा कडाभन्दा कडा सजाय गरिनुपर्छ । वर्तमान ऐन कानुन पर्याप्त नभएको गुनासो आएकोले त्यो ऐन कानुन संशोधन गरेर भए पनि यस्तो निकृष्ट एवं अमानवीय कार्य गर्नेलाई हतोत्साह एवं निरुत्साह पार्नुपर्छ ।

    अपराधीले न्याय पनि पैसामा खरिद गर्न सफल भइरहेको अवस्था एकातर्फ छ अर्को भने पीडितले न्याय पाउन सकेका छैनन् । सर्वसाधारण जनताले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । दिनदहाडै महिलाहरूमाथि बलात्कार तथा हत्या हुँदासमेत सुरक्षा निकायका अधिकारीहरू बेखबर वा मौन बसेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । अपराध गर्नेहरूका विरुद्ध सरकारको कठोर कानुन र व्यवहार नभएका कारण यस्ता घटनाले प्रोत्साहन पाइरहेका छन् ।

    दिनदिनै बढ्दै गएको महिला हिंसा र हत्याका घटनाले देशमा शान्तिको वातावरण नभएको महसुस हुने गरेको छ । हरेक यस्ता आपराधिक घटना दिन दई गुणा रात चौगुण बढिरहेको छ । हिंस, हत्या र बलात्कारका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको पाइन्छ ।

    दिनहुँ शृङ्खलाबद्ध तरिकाले घटिरहेका हत्या, बलात्कार, चोरी, लुटपाट जस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भनेर सोच्न जरुरी भइसकेको छ । के मान्छे साँच्चै ‘राक्षस’ भएकै हो त ? हाम्रो समाजमा सामाजिक सुरक्षाको अभाव देखिएको छ । जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । सरकारले सुरक्षा दिन सकेको छैन । सरकारले अपराधीलाई कडा कारबाही गर्न पनि सकिरहेको छैन । अपराधीको मनोबल दिनानुदिन बढिरहेको छ । देशमा कानुन कमजोर बन्दै गइरहेको अवस्था छ । अपराध नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी नभएको महसुस हुँदै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij