आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यहाँ ६९ दिन घाम अस्ताउँदैन, ९० दिन उज्यालो हुँदैन, जनताले टाइम जोनबाट मुक्ति मागे

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • एजेन्सी। नर्वेको सोमारोय द्वीपमा १८ मे देखि २६ जुलाइसम्म ६९ दिन घाम नै अस्ताउँदैन । यसका अलावा जाडो महिनामा करिब ३ महिनासम्म घाम नै देखिँदैन । नर्वेको यो टापुले पहिलो ‘टाइम फ्रि जोन’ बन्नको लागि पहल थालेको छ । यसका लागि टापुका ३ सय निवासीहरुले एक अभियान चलाएका छन् । उनहिरुले यो द्वीपलाई समयको सीमाबाट स्वतन्त्र राख्नको लागि टाइम फ्रि जोन अभियान चलाएका छन् । यसको समर्थनमा अदालतमा निवेदन पनि दिएका छन् ।

    स्थानीय सांसद केंट गुडमण्डसम्यानले यो निवेदनलाई अगाडि बढाउने फैसला गरेका छन् । केंटका अनुसार उनीहरुलाई नजिकका २ शहर फिनमार्क र नर्डल्याण्डले पनि समर्थन दिएका छन् । यसअघि युरोपियन युनियन पनि डेलाइट सेभिङ टाइम (वर्षमा २ पटक घटी अगाडि बढाउने प्रक्रिया)लाई अन्त्य गर्नेबारे भनिसकेको छ ।

    अभियानका नेतृत्वकर्ता केजेल ओव हेविङका अनुसार यसको उद्देश्य निवासीहरुलाई कामका परम्परागत घण्टाबाट मुक्ति दिलाउनु हो । अर्थात यहाँका मानिसहरु जतिबेला जे काम गर्न चाहन्छन् त्यो काम गर्न सकुन् । यहाँका मानिसले यसो गर्दा उनीहरुको स्कुल कलेज र कामकाजको समयमा लचकता आउने आशा गरेका छन् ।

    यहाँ पर्यटन र माछापालन आम्दानीमा मुख्य माध्यम हुन् । युरोप घुम्न जाने पर्यटकले अलग अलग शहरमा पुलमा ताला देख्छन् तर नर्वेका यी द्वीपमा पुलमा घडीहरु देखिन्छन् । हेविंगका अनुसार लामो समयसम्म रात रहनु वा दिन नढल्दा रात दिनको अर्थ रहँदैन । यही कारण तनाव हुन्छ । मानिसहरु समयको जंजालमा नफसुन् र खुलेर जिन्दगी बाँचुन् भन्ने अभियानको उद्देश्य हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij