प्रकाशित मिति : शनिबार, असार ७, २०७६
निलम ओली , दाङ । अहिलेको तछाडमछाड र भागदौडको दुनियाँमा सुन्दा नै अचम्म लाग्ने स्वाभाब , भिन्न र अनौठो सोचका दिपक कुमार चौधरी, जसको जन्म २०३८ सालमा दाङको राप्ती गाउँ पालिका ६ निबासी स्व. बिष्णु प्रसाद चौधरी र फनादेबी चौधरीका माईला छोराका रूपमा जन्मेका थिए ।
उनी सानैदेखि अलिकति फरक स्वाभाबका थिए । उनले स्थानीय ज्ञानोदय माध्यमिक बिद्यालयबाट २०५६ सालमा एस एल सी पास गरेका थिए । त्यतिन्जेल सम्म उनको जिबन रमाइलो संग बित्यो । एस एल पछी घरमा बुवालाई खर्च नमागी आफैंले पढाई खर्च जोड्ने सोचाइमा उनले निकै दुख कष्ट गर्नुपर्यो ।
घरमा सामन्री जिबनयापनको लागि बुबाको कृषि पेसाले पुगे पनि उहाँको खासै आम्दानीको श्रोत भने केही पनि थिएन । उनले आफ्नो बुवालाई सधैं आर्थिक संकटमा देखेर दुखी हुन्थे, त्यहि भएकोले उनलेे जागिर खाएर पढ्ने खर्च जो हो गर्ने निर्णय लिए ।
खानेपानी कार्यालय धनगढीमा उनले १८ महिना जागिर गरेर पढ्ने खर्च जुटाएर काठमाडौ छिरे, त्यहाँ पढाइ सुरुवात गरे अनि बिशाल बजारमा एउटा सुन पसलमा काम गर्न थाले । बिहान् कलेजमा पढाइ, दिनभर मासिक ३५००/ को जागिर सुरुवात गरेको । उनले घरभाडा १२०० र नास्तामा दैनिक १५ खर्च गरेको र जनतन खर्चंदै दिन कटाई रहेकोे बेलामा एकदिन ठमेल तिर घुम्न गएका थिए ।
घुम्दै जाँ दा उनलेे त्यहाँ भएका रेष्टुरेन्टमा आँखा लगाउने मौका पाएछ्न उनलेे अनि उनको दिमागमा आफुलाई मिल्दोजुल्दो रेस्टुरेन्ट नै हुने निश्चित हुने देखेर त्यहाँ काम गर्ने निर्णय गरे । सुन ब्याबसायमा काम गर्दागर्दै उनलेे रेष्टुरेन्टमा काम गर्न सुरुवात गरे उनको पढाईपनि होटल म्यानेजमेन्ट थियो । २ बर्ष त्यो रेष्टुरेन्टमा काम गरे पछि, उनलेे लाजिम्पाट स्थित ५ तारे होटल साग्रीँलामा ६ बर्ष काम गर्ने र सिक्ने मौका पाए ।
त्यो सीप सिकाई पछि कति दिन अरुको नोकर भएर काम गर्ने अब आफ्नै गर्नुपर्छ, आफ्नो पौरखमा बाँच्नुपर्छ भन्ने ठाँनेर गृह जिल्ला दाङमा आएर २०६९ सालमा 69 रेष्टुरेन्ट नामक रेष्टुरेन्ट देउखुरी बनगाउँमा खोलेर चलाउन थाले । त्यो बेलामा उनले बैंकबाट २ लाख ॠण लिएर कारोबार सुरुवात गरेको र तुरुन्तै कमाएर ॠण तिरेको बताएका छन् । उनलेे त्यहाँको रेष्टुरेन्ट राम्रो चल्दै गर्दा फेरि अर्को भालुवाङको पाखापानीमा रेष्टुरेन्ट खोलेर चलाईरहेका छन् ।
अहिलेसम्म उनलेे १२ जना बेरोजगारलाई रोजगारी दिएका छन् । दैनिक लाखौंको कारोबार हुन्छ, उनको आफ्नो पौरखले लोकल कुखुराको फाराम संचालनमा ल्याएका छन । दिपकले गर्यो भने यो देशमा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण बन्दै उनलेे धेरै फरक काममा गर्न थालेका छन । ५ जना गरिब बालबालिकाहरुलाई पढाएका छन, यो बर्ष अरु कोही दुखी पढ्न चाहने बच्चा भेटिए फ़ेरि थप्ने उनलेे बताएका छन ।
उनले आफुले अब बिहे नगरी यस्तै दुखीहरुको सेवामा आफ्नो जीवन समर्पित गर्ने बताएका छन् । अर्को ठुलो पुण्यको काम उनले एउटा जेष्ठ नागरिकका लागि मात्रै पार्क निर्माण गर्ने ईच्छा रहेकोे बताएका छन । पुर्बाधार निर्माणका लागी उनले आफ्नो जमीन छुट्याएका छन् ।
आत्मा देखि ईच्छा शक्ति जगाएर गर्यो भने गर्न नसक्ने केही छैन, वैदेशिक रोजगारमा बिदेश गै अरुको दास बन्नु भन्दा आफ्नो देशमा मालिक बनेर बस्नु पर्छ भन्ने प्रेरणाको खानी बन्न सफल चौधरीको समाजमा छुट्टै आफ्नो महत्त्व आफ्नो कर्मले बनाउन थालेको छ ।
उनलेे आफ्ना छरछिमेकीना कोहि बुढा बुढि बिरामी भएको थाहा पाएभने बोलाउनु पर्दैन आफै हाम फाल्दै पुगेर आफ्नो चढेर हिड्ने गाडीमा अस्पतालमा पुर्याएर बिरामीको टुंगो नलाग्दा सम्म वा ठिक नहुदा सम्न उनि संगै खटने गरेको स्थानीय हरिश्चन्द्र चौधरीले बताएका छन । उनलाई पैसा कमाएर गरिब बच्चालाई पढाउन पाए र वृध्द्दहरुलाई सेवा गर्न पाए केही नचाहिने हरिष्चन्द्र बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij