प्रकाशित मिति : शनिबार, असार ७, २०७६
पोखरा — मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा साढे ३ वर्षका बालकको ज्यान गएको छ ।
शनिबार बिहान साढे ८ बजेतिर पोखरा २८ माझठाना घर भइ फुलबारी बस्दै आएका बाबु रामकृष्ण कँडेलसँगै रहेका संस्कार कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
तिमिल्सिनाले चलाएको ग३च४३६ नम्बरको गाडीले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना अस्पतालहाताभित्रै भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । तिमिल्सिना र कार प्रहरी नियन्त्रणमा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij