सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दलित परिवारलाई सुधारिएको चुलो

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • दमौली । तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

    चालु आर्थिक वर्ष २०७५÷७६ मा सशर्त अनुदान तर्फ विनियोजित बजेटबाट गाउँपालिकाले ग्वास्लुङका २० दलित घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेको हो ।

    दलित बस्तीका सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । “आर्थिक रुपमा विपन्न दलित परिवारलाई विशेष प्राथमिकतामा राखेर सुधारिएको चुलो वितरण गरेका हौं,” अध्यक्ष श्रेष्ठले भने, “सुधारिएको चुलोको प्रयोगले धुवाँरहित बनाउन सहयोग पुग्नेछ ।”

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले दलित परिवारको घरभित्र धुवाँमुक्त गर्न साथै स्वास्थ्यस्तर सुधार गर्न सुधारिएको चुलो वितरण गरिएको बताए । उनका अनुसार पाँच हजार मूल्य पर्ने सुधारिएको चुलो अनुदानमा वितरण गरिएको हो ।

    सुधारिएको चुलो प्रयोग गर्न कम दाउरा लाग्ने भएकोले सामुदायिक वनको संरक्षणमा सहयोग पुग्ने पौडेलले बताए । पौडेलले भने, “सुधारिएको चुलोले समय बचत, स्वास्थ्यमा सुधार र दैनिक जीवन सहज बनाउन सहयोग त पुग्नेछ, साथै वनको संरक्षणका लागि टेवा पुग्नेछ ।”

    स्थानीयवासी थमन परियारले परम्परागत चुलो प्रयोग गर्दा बढी धुवाँ आउने भएकोले आँखा दुख्ने, खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या हुने गरेको बताए । स्थानीयवासी सविना विकले सुधारिएको चुलोको प्रयोगले धुवाँको समस्याबाट मुक्ति मिल्ने बताए । उनले भने, “परम्परागत चुलोबाट खाना पकाउँदा धुवाँले आत्तिन्थ्यौँ, जसले गर्दा आँखा दुख्ने समस्या हुन्थ्यो, अब केही सहज हुन्छ ।”

    गाउँपालिकाले थमनबहादुर परियार, वमन परियार, धनराज परियार, टीकाराम परियार, धनराज परियार (कटुवाल), जिरे परियार, राजु परियार, राजेश परियार, मनु परियार, माइला परियार, अमर विक, तुलबहादुर विक, उमा विक, कृष्ण विक, विक्रम विक, छविलाल विक, खुमबहादुर विक, केयरसिं विक, सविना विक र झलक विकलाई सुधारिएको चुलो वितरण गरेको जनाएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij