आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपचारका क्रममा मृत्यु

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • कैलाली । प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

    भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij