सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रजातान्त्रिक योद्धा थापाको निधन

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • बर्दिवास । महोत्तरी जिल्लाका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता गङ्गाविक्रम थापाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

    जिल्लाको औरही नगरपालिकाको सोनामाई टिम्कीयामा जन्मेर त्यहीँबाटै राजनीतिक गतिविधि थालेका थापाको गएराति काठमाडौँमा निधन भएको परिवारजनले जानकारी दिएका हुन् ।

    विसं २००४ मा जन्मनु भएका थापा किशोरावस्थादेखि नै नेपालको वामपन्थी आन्दोलनमा सरिक भएका थिए । पछिल्लो समय स्वास्थ्यका कारण थापा काठमाडौँ बस्दै आएका थिए । शुक्रबार स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको भतिजा कुमुदविक्रम थापाले जानकारी दिए ।

    पञ्चायतकालमा जनपक्षीय उमेदवार भई महोत्तरीको तत्कालीन सोनामाई गाउँ पञ्चायतको प्रधानपञ्च र भाहा गाउँ पञ्चायतको उपप्रधानपञ्च रहेका थापा लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) को जिल्ला प्रमुख थिए ।

    विसं २०४६ को आन्दोलन भने राष्ट्रियताविरुद्ध रहेको बताउँदै थापाले कम्युनिष्ट पार्टीसँगको सम्बन्ध तोडेका थिए । स्व थापाको काठमाडौँ पशुपतिमा आजै अन्तेष्टि गरिएको परिवारजनले बताएका छन् । स्व थापाका एक श्रीमती र सात छोरी छन् ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij