प्रकाशित मिति : आइतवार, असार ८, २०७६
काठमाडौँ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नीजि क्षेत्र ब्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा जुन १७ मा सुरु भई जुन २१, २०१९ मा सम्पन्न भएको छ।
उक्त कार्यक्रमहरुमा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका महामहिम राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि महामहिम राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि महामहिम राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेण्टस र टूर अपरेटरहरुलाई स्वागत सम्वोधन गरेका थिए।
सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ।
नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरुको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरुले पर्यटकलाई अवस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहरहरुमा यो सेल्स मिसनको आयोजना गरिएको हो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतिकरण दिएको थियो जसमा नेपालका विभिन्न पर्यटकिय आकर्षणहरु र पर्यटन प्रबद्र्धनमा नेपालले थालेको अभियानहरु समावेश गरिएका थिए।
सहभागीहरु पोखरामा रहेको ह्वीचेयर प्रयोगकर्ताका लागि बनेको पदयात्रा मार्गका बारे जान्न उत्सुक देखिन्थे । बोर्डबाट व.निर्देशक थापा र नविन पोखरेल, प्रबन्धकले प्रतिनिधित्व गरेका थिए।
२०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाँशिल भएको थियो र बेनेलक्स क्षेत्रमा ३१ प्रतिशतको बृद्धि भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij