प्रकाशित मिति : आइतवार, असार ८, २०७६
काठमाडौं । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
रामेछापको मन्थली ६ कुनौरी नजिकै बा २१ च ७५२५ नं को एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
आज आईतबार बिहानै खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै एम्बुलेन्स दुर्घटना परेको हो ।
एम्बुलेन्स दुर्घटनामा परी सिन्धुली गोलन्जोर २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र चालकसँगै गएका १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता शेख अदालतले जनाएका छन् ।
घाईतेको अहिले धुलिखेल अस्पताल उपचार भईरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij